ट्रम्पका कटू आलोचक रुबियो अमेरिकी विदेशमन्त्री

ट्रम्पका कटू आलोचक रुबियो अमेरिकी विदेशमन्त्री
सुन्नुहोस्

दोस्रो पटक ह्वाइट हाउस प्रवेशको तयारीमा रहेका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन पार्टीका तर्फबाट फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्री बनाउने घोषणा गरेका छन् । 

रुबियोलाई अमेरिकाको विदेश सचिवमा मनोनित गरिएको घोषणा गर्न पाउनु आफ्नो लागि ठूलो सम्मानको कुरा हुने ट्रम्पले बताएका छन् । उक्त घोषणासँगै ५३ वर्षीय रुबियोले पनि विदेश सचिवको हैसियतमा विदेश नीति र एजेण्डा पूरा गर्न हरेक दिन काम गर्ने प्रतिवद्धता जनाए। 

उनी सन् २०१० देखि अमेरिकी सिनेटको सदस्य छन् । सन् २०१६ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीका लागि मैदानमा उत्रिएदेखि नै रुबियोले ट्रम्पको प्रमुख आलोचक थिए । त्यसबेला रुबियोले  'असफल राष्ट्रपति' अभियानसमेत चलाएका थिए । तर, पछि उनीहरुबीच सम्बन्धमा सुधार भयो र रुबियो ट्रम्पसँग चुनावी प्रचारमा जुटे ।

विदेशमन्त्री अमेरिकी सरकारको महत्वपूर्ण पद मानिन्छ । राष्ट्रपति प्रशासनका अन्य क्याविनेट सदस्यहरूले जस्तै सचिवले पदभार ग्रहण गर्नुअघि सिनेटबाट अनुमोदन गर्नुपर्ने हुन्छ ।

टिप्पणीहरू