दुई महिनापछिको सत्ता हस्तान्तरणबारे ह्वाइटहाउसमा वार्ता
अमेरिकाका आगामी राष्ट्रपति र कार्यकाल पूरा गर्न लागेका राष्ट्रपतिबीच राष्ट्रपति निवास ह्वाइट हाउसमा भेटवार्ता भएको छ । नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्प र बहालरत राष्ट्रपति जो बाइडनबीच भएको वार्तामा सत्ता हस्तान्तरणबारे छलफल भएको जनाइएको छ ।
बहालरत राष्ट्रपतिले नवनिर्वाचितलाई सत्ता हस्तान्तरणअघि ह्वाइट हाउसमा स्वागत गर्ने अमेरिकी परम्पराअन्तर्गत पछिल्लो भेटघाट भएको प्राप्त समाचारमा उल्लेख छ । तर, चार वर्षअघि ट्रम्पले बाइडेनलाई बोलाउनुभएको थिएन ।
८१ वर्षीय बाइडनले ७८ वर्षीय ट्रम्पलाई संवैधानिक हिसाबले आगामी जनवरी २० तारिखका दिन सत्ता हस्तान्तरण गर्दै हुनुहुन्छ ।
नोभेम्बर ५ मा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले उपराष्ट्रपति तथा राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्नुभएको हो ।
टिप्पणीहरू