रास्वपाका सांसदहरु सिंहदरबारमा जुट्दै

रास्वपाका सांसदहरु सिंहदरबारमा जुट्दै
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

सभापति तथा दलका नेता रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि पहिलो पटक रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो । आज दिउँसो साढे १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्ने तय भएको उपसभापति डोलप्रसाद आर्यालले जानकारी दिए । 

काठमाडौँमा उपलब्ध सांसदहरुबीच अनौपचारिक छलफल गर्न लागेको जनाउँदै उनले औपचारिक एजेण्डा नरहेको बताए ।

सभापति लामिछाने पक्राउविरुद्ध निरन्तर सडक प्रदर्शन गर्दै आएको रास्वपाले संघर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरिसकेको छ । आज सांसदहरुले त्यसबारे बिस्तृत छलफल गर्ने बुझिएको छ । 

हिजो दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भनिए पनि अन्तिम अन्तिम समयमा रोकिएको थियो ।

टिप्पणीहरू