थ्रेसहोल्ड ५ प्रतिशतसँगै मान्यता पाएका र नपाएका दलबीच विभेद हुनुपर्छ : एमाले महासचिव

थ्रेसहोल्ड ५ प्रतिशतसँगै मान्यता पाएका र नपाएका दलबीच विभेद हुनुपर्छ  : एमाले महासचिव
सुन्नुहोस्

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा कायम थ्रेस होल्डको व्यवस्था परिवर्तन गर्नुपर्ने धारणा राख्नुभएको छ । निर्वाचन कानुनको विद्यमान थ्रेसहोल्ड व्यवस्था कायम राखे राजनीतिक अस्थिरता थप बढ्ने उहाँको दाबी छ । 

कान्तिपुर कन्क्लेभ- २०२४ मा राखिएको ‘निर्वाचनमा सुधार : नीति कि प्रवृत्ति’  सत्रमा नेपालको राजनीतिक अस्थिरताको कारणबारे उल्लेख गर्दै थ्रेसहोल्डलाई कारक मान्नुभएको हो । उहाँले भन्नुभयो, ‘अस्थिरता हटाउने हो भने निर्वाचन थ्रेस होल्डको व्यवस्था बढाउनुपर्छ ।’

निर्वाचन कानुनमा संघको हकमा ३ र प्रदेशको हकमा १.५ प्रतिशत थ्रेसहोल्ड राखिएको  छ । थ्रेस होल्डको व्यवस्थालाई न्यूनतम ५ प्रतिशत बनाउँदा हालको राजनीतिक अस्थिरता मत्थर हुने उहाँको दाबी छ । 

त्यस्तै, राष्ट्रिय दलको मान्यता प्राप्त र मान्यता प्राप्त नगरेका दलहरुबीच स्पष्ट रुपमा फरक व्यवहार हुनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभएको छ । उहाँले भन्नुभयो, ‘मान्यताप्राप्त र मान्यता प्राप्त नगरेकाबीचको कानुनी व्यवहार एउटै हुँदा समस्या बढ्यो ।’

टिप्पणीहरू