कर्णालीमा नेकपा एसको जिम्मा ठगेन्द्रलाई

कर्णालीमा नेकपा एसको जिम्मा ठगेन्द्रलाई

नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशको अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी छानिएका छन् । प्रदेश कमिटीको प्रथम अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । 

पुरीको अध्यक्षतामा १४१ सदस्यीय प्रदेश समिति गठन भएको एकीकृत समाजवादीले जानकारी दिएको छ । प्रदेश कमिटीको सचिवमा कालिकोटका धीरबहादुर विष्ट र उपसचिव (महिला)मा धनकुमारी जिसीसहित सदस्यहरू सर्वसम्मत चयन भएका हुन् । 

दुई–दुई उपाध्यक्ष र उपसचिव पछि मनोनीत गर्ने सचिव विष्टले बताए । एकीकृत समाजवादीको हिजो सम्पन्न प्रथम कर्णाली अधिवेशन सुर्खेतमा दुई दिनसम्म चलेको थियो ।

टिप्पणीहरू