प्रभुको टोली भोलि रत्नपार्कमा जुट्ने

प्रभुको टोली भोलि रत्नपार्कमा जुट्ने

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) अर्थतन्त्र सुधारका लागि सडकमा उत्रने भएको छ । 

'अनावश्यक कर हटाउँ-अर्थतन्त्र बचाउँ' को नारा दिएर सो पार्टीले भोलि काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा विशेष प्रदर्शन गर्न लागेको हो । प्रवक्ता चन्द्रभुषण साहले बिहान ११ बजेका लागि निम्तो दिँदै प्रदर्शन सफल पार्न आह्वान गरेका छन् । 

आजपाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ । उक्त प्रावधानलाई 'लुटकारी व्यवस्था' भन्दै सो पार्टीले पटक-पटक भन्सार विभाग घेराउसमेत गरेको थियो ।

टिप्पणीहरू