काँग्रेस नेतृलाई अश्लिल गाली,समातिने पक्का छ यसपालि

काँग्रेस नेतृलाई अश्लिल गाली,समातिने पक्का छ यसपालि
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेका एक जना उग्र समर्थकले नेपाली काँग्रेस नेतृ रिता खनाललाई सामाजिक सञ्जालमा जथाभावी गालीगलौज गरेका छन् । नवलपुरको बुलिङटार गाउँपालिका–३ का घण्टी कार्यकर्ता मीनबहादुर पाटाको झण्डै १० मीनेट लामो भिडियोमा महिला नेतृमाथि अश्लिल आरोप लगाइएको छ ।

पाटाले रवि लामिछानेलाई भगवान ठान्दै उनलाई ‘खुरुखुरु न्याय दिन’ अदालतलाई आदेश गरेका छन् । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई केपी र पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई शेरे उच्चारण गर्दै मीनबहादुरले चोरको संज्ञा दिएका छन् ।

सहकारीको पैसा खाएको र भुटानी शरणार्थीको नाममा नेपालीलाई अमेरिका लैजाने सबै काम उनीहरुबाट भएको रविका कार्यकर्ताको दाबी  छ । रिता खनाललाई सुन्न नसकिने शब्द र विशेषण लगाउँदै अचाक्ली गाली गरिएको छ।

उनले काँग्रेस र एमाले नेताहरुसँग सोधेका छन्, ‘२५, ३० वर्ष पालैपालो प्रधानमन्त्री खायो, जनतालाई के दियो ?’ काँग्रेस र एमालेलाई महापापी भन्दै रिता खनालले सामाजिक सञ्जालमा हालेको भिडियोतर्फ इंगित गरेका उनले आक्रोश पोखेको सुनिन्छ । ‘तेरो मात्रै भ्युज आउँदैन,मेरो पनि आउँछ,’ भनेर खनाललाई चुनौती दिएका उनले रवि लामिछाने प्रधानमन्त्री बनेपछि सबैलाई ठेगान लगाउने दावी गरेको त्यही भिडियोमा सुनिन्छ ।

सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गर्ने उद्देश्यले हालिएको उक्त भिडियोको कारण मीनबहादुर पाटाले साइबर अपराध गरेको ठहर हुने निश्चित छ । प्रहरीको साइबर ब्युरोका अनुसार भिडियोबारे आवश्यक अनुसन्धान र छानबिनपछि मीनबहादुरमाथि कारबाही प्रक्रिया अघि बढाइने छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://fb.watch/vTUvFIF2ke/

टिप्पणीहरू