उपेन्द्रको पार्टीबाट कीर्तिपुरमा 'हनि' र मौनि' उम्मेदवार

उपेन्द्रको पार्टीबाट कीर्तिपुरमा 'हनि' र मौनि' उम्मेदवार
सुन्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कीर्तिपुरको मेयरमा तेस्रोलिंगीलाई अघि सारेको छ । 

हनि नामले चिनिने दिपक मर्हजनले नगर प्रमुख र मौनि नामले चिनिने रजिव महर्जनले ४ नम्बर वडाध्यक्षको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । 

यी दुईले लामो समयदेखि यौनिक अल्पसंख्यकको हकहितका लागि आवाज उठाउँदै छन् । हिजो मायाको पहिचान नेपाल नामक संस्थाको कार्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरी उनीहरुको उम्मेदवारी घोषणा गरिएको थियो । 

यौनिक अल्पसंख्यक समुदायको मुद्धा अझै पनि पनि राष्ट्रिय मुद्धा बन्न नसकेको र त्यसलाई स्थापिन गर्न आफू अघि सरेको मौनीले बताएका छन् । त्यस्तै, लैङ्गिक पहिचानका आधारमा हुने विभेद अन्त्य गर्ने र कीर्तिपुरलाई सांस्कृतिक शहरको रुपमा विकास गर्ने हनीको प्रतिबद्धता छ ।


 

टिप्पणीहरू