प्रधानमन्त्रीले समय नदिएको रविका साथीहरूको गुनासो

प्रधानमन्त्रीले समय नदिएको रविका साथीहरूको गुनासो
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाटको निम्ति समय नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चित्त दु:खाएको छ । 

सहकारी ठगीमा समातिएका सभापति रवि लामिछानेको रिहाइका लागि सरकारलाई दबाब दिन दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै कार्यवाहक प्रवक्ता तथा संघीय सांसद मनिष झाले प्रधानमन्त्रीले आफूहरुलाई बेवास्ता गरिएको गुनासो पोखे । भेट नपाएकै कारण प्रधानमन्त्रीसमक्ष लिखित माग प्रस्तुत गर्न नपाएको उनले बताए । 

'कुनै सार्वजनिक कार्यक्रममा उहाँले ज्ञापन पत्र लिएर आउँछन् केरे,फोटो खिचेर पठाउँला भन्दै खिसीट्युरी गर्नुभयो । तर, हामीलाई पाँच मीनेटको समय दिनुभएन',

संसदको चौथो शक्ति रास्वपालाई प्रधानमन्त्री ओलीले खिसीट्युरी गरेको भन्दै प्रवक्ता झाले असन्तुष्टि जनाए । 'कुनै सार्वजनिक कार्यक्रममा उहाँले ज्ञापन पत्र लिएर आउँछन् केरे,फोटो खिचेर पठाउँला भन्दै खिसीट्युरी गर्नुभयो । तर, हामीलाई पाँच मीनेटको समय दिनुभएन', आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने ।  

सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरेको रास्वपाको आरोप छ । आजको पत्रकार सम्मेलनमा पनि सोही कुरा दोहोर्याइएको छ । 

लामिछाने पक्राउविरुद्ध पहिलो दिनदेखि नै सडकमा उत्रिएको रास्वपाले मङ्सिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

टिप्पणीहरू