महाबुको अध्यक्षमा पाँच दलको उम्मेदवारी
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ ।
कांग्रेसका झलक भण्डारी, एमालेका जंगबहादुर शाही, माओवादी केन्द्रका जंगबहादुर बरालले मनोनयन दर्ता गराएका छन् । त्यस्तै ,एकीकृत समाजवादीका जगत हमाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश बुढाले पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा यस गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लक्षुमन गुरुङ विजयी भएका थिए । उनको हृदयाघातका कारण निधन भएपछि उपचुनाव हुन लागेको हो ।
स्थानीय तहका रिक्त ४२ पदमा मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन भैरहेको छ । निर्वाचन आयोगले साँझ ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।
टिप्पणीहरू