पूर्व सभामुखको निधनमा सार्वजनिक बिदा
सरकारले पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनमा श्रद्धाञ्जली प्रकट गर्दै आज सार्वजनिक बिदाको घोषणा गरेको छ । बिहान बसेको मन्त्रिपरिषद बैठकले उहाँलाई राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गर्ने निर्णयसमेत गरेको छ ।
आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरिएको छ ।
८३ वर्षमा निधन भएका ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ज्ञानेश्वरस्थित सानो गौचरणमा राख्न लागिएको छ । कलेजोको उपचार गराइरहनुभएका ढुङ्गानाको हिजो दिउँसो निधन भएपछि पार्थिव शरीरलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ ।
सानोगौचरणमा श्रद्धाञ्जलीपछि उहाँको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि दिउँसो पशुपति आर्यघाटमा लगिने छ ।
उहाँ २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नम्ब २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि तीन वर्षसम्म प्रतिनिधिसभाको सभामुख हुनुभएको थियो ।
टिप्पणीहरू