केन्द्रीय कार्यालय बन्द गर्ने काँग्रेसको निर्णय

केन्द्रीय कार्यालय बन्द गर्ने काँग्रेसको निर्णय
सुन्नुहोस्

नेपाली काँग्रेसले पूर्व सभामुख तथा पार्टीका नेता दमननाथ ढुङ्गानाको निधनको शोकमा मंसिर भोलि पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुङ्गानाको निधनमा शोक प्रस्ताव पारित गर्दै आधा र भोलि पार्टीको आधा झण्डा झुकाउने र भोलि केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

त्यसैगरी १३ औँ दिनको पुण्य तिथिमा पार्टी केन्द्रीय कार्यालयमा शोक सभा आयोजना गर्ने भएको छ । नेपाली काँग्रेसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’

टिप्पणीहरू