काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हङकङ गएपछि सबैलाई सास्ती

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हङकङ गएपछि सबैलाई सास्ती

मंसिर १६ गते ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ मा पनि  उपनिर्वाचन हुँदैछ । सत्तारुढ नेपाली काँग्रेस, एमालेसँगै विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले उम्मेदवार उठाएका छन् ।

काँग्रेसले भीम लक्सम, एमालेले कुमारी सावदेन, माओवादी केन्द्रले अम्बी सावदेन, राष्ट्रिय स्वतन्त्र पार्टीले देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राजेन्द्र काङ्वालाई उम्मेदवार बनाएको छ । यसअघि उक्त वडामा काँग्रेसका दिलप्रसाद बोखिम विजयी भएका थिए । तर, रोजगारीको सिलसिलामा उनी हङकङ गएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

वोखिम अघिल्लो वर्षको कात्तिक २४ गते हङकङ गएका हुन् । झण्डै एक वर्षपछि गत असोज १५ गते उनले पालिका अध्यक्ष लालकृष्ण चौहानमार्फत जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका थिए ।

एमालेले अघिल्लो निर्वाचनमा वोखिमसँग चार मतले पराजित कुमारी सावदेनलाई नै पुनः उम्मेदवार बनाएको छ । एमाले पहिलेदेखि बलियो रहेको सिकैचामा सिकैचा ९ ढुमृसेतिर गाभिएपछि केही कमजोर बनेको विश्लेषण छ । सिकैचा ८ बाट बसाईसराई तथा वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि वाम इलाका कमजोर हुँदै गएको काँग्रेसको विश्लेषण छ ।

१५ सय २८ मतदाता रहेको उक्त वडामा उपनिर्वाचनका लागि दुईवटा मतदान केन्द्र राखिएको छ ।

टिप्पणीहरू