उपनिर्वाचन शान्तिपूर्ण र मतदानका दिन राजमार्गमा अवरोध हुन नहुने आयोग निर्णय

उपनिर्वाचन शान्तिपूर्ण र मतदानका दिन राजमार्गमा अवरोध हुन नहुने आयोग निर्णय
सुन्नुहोस्

निर्वाचन आयोगले आउँदो मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्थाका लागि सात बुँदे निर्णय गरेको छ । आयोगले उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयसँग पत्राचार गर्ने निर्णय गरेको बताइएको छ ।

निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि गृहबाट आयोगमा पेश हुन आएको सुरक्षा प्रबन्ध प्रभावकारी बनाउने भनिएको छ । त्यस्तै, उपचुनावका लागि सम्बन्धित जिल्लामा उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न जिल्ला सुरक्षा समितिलाई आवश्यक व्यवस्था मिलाउन आयोगले निर्देशन दिइसकेको छ । 

मतदानको दिन मतदान सम्पन्न भएपछि सोही दिन मतपत्रसहितका मतपेटिकाहरु सुरक्षित तवरले मतगणना स्थलसम्म ढुवानी र आवश्यक सुरक्षा व्यवस्था मिलाईंदै छ ।

प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने उपचुनाव आचारसंहिताको पूर्णपालना गर्न गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिँदै आयोगले निषेध गरिएका कार्य भए गरेको पाइएमा तत्काल कारबाही गर्न निर्देशन दिएको छ ।

उपचुनाव सम्पन्न भई मतगणना कार्य नसकिएसम्म सम्बन्धित स्थानीय तहभित्र मन्दिरजन्य पदार्थ बेचबिखन तथा सेवन नियन्त्रण गर्न समेत रोक लगाइएको छ । उपचुनाव हुने स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनको सहज आवागमनको प्रबन्ध गर्नुपर्ने छ ।

टिप्पणीहरू