गृहमन्त्रीले नयाँ कानुनको कुरो गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी दङ्ग
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानुन छिट्टै ल्याउने बताउनुभएको छ । कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै गृहमन्त्री लेखकले दुबै सुरक्षा निकायको ऐनलाई समयसापेक्ष बनाउन संशोधन गर्न लागिएको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘२०१२ सालमा बनेको नेपाल प्रहरी र २०५८ सालमा बनेको सशस्त्र प्रहरी बल नेपाल ऐनका आधारमा ती संगठन चलेकाले समयसापेक्ष बनाउनु जरुरी छ ।’ उहाँले राजश्व चुहावट र लागुऔषध ओसारपसारलाई पूर्ण रूपले नियन्त्रण गर्न, शान्ति सुरक्षा, अमनचैन कायम राख्न एवम् अपराध नियन्त्रण, विपद् व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि ठोस कार्य योजना बनाएर अघि बढ्न सबै निकायलाई निर्देशन पनि दिनुभएको छ ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, गृहसचिव गोकर्णमणि दवाडी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति छ ।
टिप्पणीहरू