उपचुनावको पर्यवेक्षण गर्न योग्य संस्था नौ वटा
यही मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपचुनावको पर्यवेक्षण गर्न नौ वटा संस्थाले अनुमति पाएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनको पर्यवेक्षण गर्न अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) सहित नौ वटा संस्थालाई अनुमति दिने निर्णय गरेको छ ।
इन्सेक, नेपाल जनप्रशासन संघ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार संगठन, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, केन्द्रीय बहिरा क्याम्पस, सुशासन महासंघ, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति र डेमोक्रेसी रिसोर्स सेन्टरलाई अनुमति प्रदान गरिएको बताइएको छ ।
स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को दफा १९६ बमोजिम योग्यता पुगेका पर्यवेक्षकहरुको संख्या यकिन गरी सबै स्थानीय तहको पर्यवेक्षण हुने र प्रत्येक संस्थाबाट एक मतदान केन्द्रमा बढीमा दुई जनासम्म पर्यवेक्षक रहने गरी राष्ट्रिय पर्यवेक्षक परिचयपत्र उपलब्ध गराइने आयोगले जनाएको छ ।
उप निर्वाचनअघि काठमाडौं उपत्यकामा रहेका पर्यवेक्षकहरुलाई आयोगको सचिवालय र जिल्लामा भएका पर्यवेक्षकलाई सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरुले पर्यवेक्षणसम्बन्धी प्रशिक्षण दिने छ ।
टिप्पणीहरू