माननीय गोमाको जाला त पद ?
जनमत पार्टी नेपालका अध्यक्ष सि.के. राउतले समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य गोमा लाभ सापकोटाको पद खुस्काउने गरी संसद सचिवालयलाई तेस्रो पटक पत्राचार गरेका छन् ।
यसअघि सांसदबाट खुस्काउने पत्रको प्रक्रिया नपुगेको भन्दै संसद सचिवालयले मुल्तवीमा राखेको थियो । तर यसपटक भने भाँती पुर्याएर पार्टीबाट निश्कासन गरिवरी सांसद पदबाट हटाइदिन पत्र लेखेको अवस्था छ । आफू सरकारमै रहेको बेला पार्टी विभाजनमा उनी लागेको आरोप थोपरिए पनि जनमत पार्टी कसले र के कारणले फुटाउन खोजेको हो भन्नेबारे अध्यक्ष राउतले स्पष्ट रुपमा केही बताएका छैनन् ।
प्रतिनिधि सभामा जनमत पार्टीका ६ जना सांसद छन् । राउतले सोचे जस्तो गोमालाई हटाउन त्यति सजिलोचाहिँ छैन । यसअघि रास्वपाका डा. ढाकाकुमार श्रेष्ठले पनि अदालत गुहारेको भए पद जाने थिएन ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू