उपनिर्वाचनभर नि:शुल्क कल सेन्टर

उपनिर्वाचनभर नि:शुल्क कल सेन्टर

आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको बारेमा मतदाताको प्रश्न, गुनासा र समस्या सुन्न निर्वाचन आयोगले आजदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।  

मतदाताले निःशुल्क टोल फ्री नम्बर ११०२ मा सम्पर्क गरेर मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रियालगायतको विषयमा जानकारी लिन सक्ने आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ७ बजे कल सेन्टर सञ्चालनमा हुनेछ । 

‘उपनिर्वाचनको प्रयोजनका लागि मतदाताहरुका प्रश्न, गुनासा र समस्या समाधान गरी मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रियालगायतका सम्पूर्ण विषयमा आम मतदाता एवं सर्वसाधारणलाई जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले आजदेखि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेगरी आयोग परिसरमा निःशुल्क (टोल फ्री) नं ११०२ रहेको कल सेन्टरको स्थापना गरेको छ’, आज जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू