अष्ट्रेलियन राजदूतले गरे प्रधानमन्त्रीसँग भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोनटेनले भेट गर्नुभएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिँउसो भेटवार्ता भएको हो । उहाँहरुबीच दुई मुलुकबीचको सदियौंदेखिको आपसी सम्बन्ध र हितको विषयमा छलफल भएको बुझिएको छ ।
भेटमा परराष्ट्र मन्त्रालयका उपसचिव अम्बिना जोशीलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू