नियमित अन्तर्राष्ट्रिय उडानपछि पोखरामा चिनियाँ पर्यटक बढ्ने विश्वास

नियमित अन्तर्राष्ट्रिय उडानपछि पोखरामा चिनियाँ पर्यटक बढ्ने विश्वास

गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिदिन प्रधानमन्त्री केपीशर्मा ओलीसँग आग्रह गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रदेशका पर्यटनमन्त्री बस्यालसहित पोखराका पर्यटन व्यवसायीहरुले सो विषयमा प्रधानमन्त्री ओलीसँग आफ्ना कुरा राखेको बताइन्छ । 

गण्डकीको राजधानी पोखरामा पर्यटनवृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुु आवश्यक रहेको मन्त्री बस्यालले बताए । प्रधानमन्त्री ओलीले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको सहभागी एकजनाले उल्लेख गरे ।

आसन्न चीन भ्रमणका क्रममा पर्यटक बढाउन आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ । उक्त भेटमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्री पाण्डे, प्रदेश मन्त्रालयका सचिव कुुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीलगायतको सहभागिता थियो ।

टिप्पणीहरू