दुर्गा प्रसाईं थप पाँच दिन थुनामा
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रमपूर्ण हल्ला फैलाएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईँलाई थप पाँच दिन थुनामा राखिने भएको छ । जिल्ला अदालत काठमाडौँले प्रहरीलाई थुन्ने अनुमति दिएको हो ।
प्रसाईं हिजो बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । हिजो स्वास्थ्य चेकजाँच, डकुमेन्सनलगायतको प्रक्रिया पूरा नभएकाले उनलाई आज अदालतमा पेश गरिएकोमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
उनीविरुद्ध विद्युत कारोबार, किर्ते कागजात र मानहानीको मुद्धामा अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ । प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको स्मार्ट एजियाटामा ३२ अर्ब लगानी गरेको भन्दै 'फेक डकुमेन्ट' सार्वजनिक गरेका थिए ।
टिप्पणीहरू