नाउपा हटेपछि कैलालीमा काँग्रेस निर्विरोध

नाउपा हटेपछि कैलालीमा काँग्रेस निर्विरोध

जिल्ला समन्वय समिति,कैलालीको प्रमुखमा नेपाली काँग्रेसकी टिकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट उम्मेदवार बनेकी रुपमति डङ्गोरा थारुले उम्मेदवारी फिर्ता लिनासाथ उनी निर्विरोध निर्वाचित भएकी हुन् । 

नाउपाका नेता लक्ष्मण किशोर चौधरी, टीकापुर नगरपालिकाका मेयर रामलाल डङ्गौरा थारु,काँग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टलगायतको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएको काँग्रेस जिल्ला सचिव केशव मिश्रले बताए । ‘उनले उम्मेदवारी फिर्ता लिएसँगै टिकाकुमारी जिसस प्रमुखमा निर्विरोध निर्वाचित भइन्’,उनले भने । 

टिकाकुमारी काँग्रेसबाट कैलारी गाउँपालिका र रुपमति नाउपाबाट टीकापुर नगरपालिकाको वडासदस्य हुन् ।

टिप्पणीहरू