पेरिसडाँडामा गुञ्जिए ‘लाल झुपडीका मान्छेहरु’

पेरिसडाँडामा गुञ्जिए ‘लाल झुपडीका मान्छेहरु’

वरिष्ठ जनवादी गायक खुशीराम पाख्रिनको सातौँ स्मृति दिवस माओवादी मुख्यालय पेरिसडाँडामा मनाइएको छ । 

माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन ‘अन्तत’, जनार्दन शर्मा ‘प्रभाकर’ लगायतको उपस्थितिमा आज स्मृति दिवस मनाइएको हो । कार्यक्रममा पाख्रिनका गीतहरु प्रस्तुत गरिएको थियो ।

जनवादी कलाकार मोहित श्रेष्ठ, प्रगति महरा, कर्ण विद्रोही, केशरी घर्ती (एलिना), अम्मर रोका, डम्बर रोकायालगायतले ‘लाल झुपडीका मान्छेहरु’ संयुक्त रुपमा गाएका थिए । 

शब्द, स्वर र संगीतका त्रिवेणी मानिने पाख्रिनले पाँच सय बढी गीत लेखेका छन् भने दुई सयभन्दा बढीमा स्वर तथा संगीत भरेका छन् । उनको ०७४ मंसिर ५ गते निधन भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको शाेक सभामा गीत गाएलगत्तै उनलाई हृदयघात भएको थियो ।

टिप्पणीहरू