रवि लामिछानेविरुद्ध चितवनमा किटानी जाहेरी

रवि लामिछानेविरुद्ध चितवनमा किटानी जाहेरी

सहकारी ठगीको आरोपमा मुद्धा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा किटानी जाहेरी परेको छ ।

साहरा चितवन बहुउद्देश्यीस सहकारी संस्थाका बचतकर्ताहरूले लामिछाने र उनका तत्कालीन व्यावसायिक साझेदार पूर्वडिआइजी छविलाल जोशीसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । आज जाहेरी दर्ता गराएको सहकारी पीडित संघर्ष संघका अध्यक्ष शालिकराम दवाडीले जानकारी दिए । 

उक्त सहकारीबाट करिब ११ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको देखिएको छ । बचत अपचलनको आरोपमा गितेन्द्रबाबु राई (जीबी)सहित १७ जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता भएको थियो ।

जिबी गोर्खा मिडियाको अध्यक्ष हुन् भने तत्कालिन समयमा छवि उपाध्यक्ष र रवि शेयर सदस्यसहित प्रवन्ध निर्देशक थिए ।

टिप्पणीहरू