चिनियाँ राष्ट्रपतिलाई पुनः नेपाल ल्याउन बल गरिने

चिनियाँ राष्ट्रपतिलाई पुनः नेपाल ल्याउन  बल गरिने

मित्रराष्ट्र चीनका लागि नवनियुक्त राजदूत प्रा.डा. कृष्णप्रसाद ओली बेइजिङ जानुभएको छ । उहाँ एअर चाइनाको उडान नम्बर सीए ४३८ मा आज साँझ पौने ६ बजे काठमाडौंबाट सिचुआन प्रान्तको राजधानी छन्तुको तिआनफु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बेइजिङका लागि प्रस्थान गर्नुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आइतबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

गत भदौ १६ गतेको संसदीय सुनुवाईका क्रममा प्रस्तावित राजदूत ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङको पुनः नेपाल भ्रमण गराउन आफूले प्रयास गर्ने बताउनुभएको थियो । संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उहाँले आफू राजदूत बनेमा दुवै देशका राष्ट्र प्रमुखहरुको भ्रमण–आदान प्रदानको व्यवस्थापन गर्न लागिपर्नेबारे बेलिबिस्तार लगाउनुभएको थियो ।

टिप्पणीहरू