महाधिवेशनमा जुट्यो नेकपा (बहुमत)

महाधिवेशनमा जुट्यो नेकपा (बहुमत)
सुन्नुहोस्

नेकपा (बहुमत)को नवौँ महाधिवेशन आगामी माघमा हुने भएको छ । पार्टीको अधिवेशनबारे जानकारी गराउने क्रममा केही दिनअघि बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

वर्तमान राजनीतिक प्रणालीलाई दलाल संसदीय पुँजीवादी व्यवस्थाको संज्ञा दिँदै जनतामाथि वित्तीय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले बताए ।

विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएपछि कञ्चनले नेकपा (बहुमत) गठन गरेका हुन् । त्यसपछि २०७९ चैतमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादीबीच एकता गरेको बहुमत विभाजन भएपछि पुनः नेकपा (बहुमत) कायम भएको हो ।

महाधिवेशन मिति आगामी माघ ४ गते तोकिएको छ ।

टिप्पणीहरू