काँग्रेस जुट्यो मुलुकको दयनीय अवस्थाबारे छलफलमा
प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र यसको सुधारबारे छलफल गर्न लागेको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भोलि छलफल गरिने काँग्रेसले जनाएको छ ।
पूर्व अर्थमन्त्रीहरु तथा रााष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका संघ–संस्थाका पदाधिकारीहरु छलफलमा सहभागी हुँदैछन् ।
छलफल कार्यक्रम भोलि बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा राखिएको छ ।
टिप्पणीहरू