दुर्गा प्रसाईं प्रहरी हिरासतमा, समर्थकहरु अन्यौलमा
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको आजको आन्दोलन अन्यौलमा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाइएको आरोपमा मुख्य व्यक्ति पक्राउ परेपछि कार्यकर्ता अलमलमा परेका हुन् । प्रसाईंको आह्वानमा केही समर्थक विभिन्न ठाउँबाट राजधानी आएपनि उनीहरु आन्दोलन गर्ने–नगर्ने भन्नेबारे अनिर्णित रहेको बताइन्छ । ११ बजे हुने भनिएको प्रदर्शन अझै शुरू भएको छैन ।
राष्ट्रिय झण्डासहित बिहानै कोटेश्वरमा उपस्थित भएका प्रसाईंका एकाध समर्थकहरु पनि तितरबितर भएको अवस्था छ ।
गत मंगलबार समातिएका उनलाई अदालतबाट पाँच दिनको म्याद थप गरेपछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
तस्बिरहरुः
टिप्पणीहरू