रोल्पामा भिड्ने जम्मा ६

रोल्पामा भिड्ने जम्मा ६

रोल्पाको रुन्टीगढी गाउँपालिका– ४ मा रिक्त वडाध्यक्ष पदका निम्ति आगामी उपनिर्वाचनमा ६ जना भिड्दै छन् ।

नेपाली कांग्रेसबाट भूपमणि पुन, नेकपा एमालेबाट बेगम पुन, माओवादी नरेशजंग सिंह रास्वपाबाट हिमबहादुर पुन, राप्रपाबाट पहलबहादुर वली र मंगोल नेशनल अर्गनाईजेशनबाट पूर्णबहादुर बुढामगरबीच प्रतिस्पर्धा हुँदै छ ।

काँग्रेस वडाध्यक्ष टंकबहादुर पुनको निधनका कारण हुन लागेको उपनिर्वाचनमा भूपमणि पुन उठ्न लागेका हुन् । एमालेका बेगम पुन २०७९ मा पदमा ८ मतले पराजित भएका थिए । 

उम्मेदवार टुंग्याएसँगै नेकपा एमालेले घरदैलो अभियान सञ्चालन गरेको छ । कात्तिक २८ गते केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालको उपस्थितिमा कार्यकर्ता भेलासमेत सम्पन्न गरिसकेको छ । 

यसैगरी, नेपाली कांग्रेसले मंसिर १ गते मसिनामा जिल्ला कार्यसमिति बैठक सम्पन्न गरेको छ । माओवादीका शिवलाल रोकाले २०३ मत प्राप्त गरे पनि आसन्न उपनिर्वाचनमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने बताइन्छ । नौ वडा रहेको रुन्टीगढी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित तीन वडा नेपाली कांग्रेसले जितेको छ । एमाले र माओवादी केन्द्रले समेत ३÷३ वटा वडा जितेका छन् ।

 

 

टिप्पणीहरू