प्रसाईंलाई छुटाउन माग, गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी
राजावादी अभियन्ता तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको छ । गैरकानुनी रुपमा हिरासतमा राखिएको उल्लेख गर्दै उनी पक्षका कानुन व्यवसायीले आज रिट दर्ता गरेका हुन् ।
रिटको पेशी पर्सि आइतबारलाई तोकिएको सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले बताए । ‘रिट दर्ता भएको छ, आइतबारका लागि पेशी तोकिएको छ’,उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा गत मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंमाथि प्रहरीले अदालतबाट पाँच दिन म्याद थपेर अनुसन्धान गरिरहेको छ ।
प्रसाईंले प्रधानमन्त्री ओलीले कम्बोडियाको स्मार्ट एजियाटामा ३२ अर्ब रुपैयाँ लगानी गरेको भन्दै ‘फेक डकुमेण्ट’ सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
टिप्पणीहरू