राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिनुहुने भएको छ । 

आयोजनाको प्रगति र सञ्चालनका क्रममा आएका चुनौतीबारे आयोजना प्रमुख र सरोकारवालासँग उहाँले जानकारी लिन लाग्नुभएको हो । नेपालमा सडक, सिँचाइ, जलविद्युत, सुरुङमार्गलगायतका ठूला योजनाहरू 'राष्ट्रिय गौरवका आयोजना' का रूपमा सञ्चालनमा छन् । 

राष्ट्रिय गौरवका आयोजनाहरूबारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टिप्पणीहरू