पूर्व उपसभामुख आजदेखि राजदूतको हैसियतमा
राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद्को सिफारिसमा आज यादवलाई अस्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यादव पूर्व उपसभामुख, पूर्वमन्त्री तथा नेपाली काँग्रेसकी नेतृ हुनुहुन्छ ।
टिप्पणीहरू