चीन भ्रमणको चटारो शुरु

चीन भ्रमणको चटारो शुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको औपचारिक अन्तिम तयारी थाल्नुभएको छ । सोही क्रममा उहाँले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग आज आफ्नो भ्रमणबारे छलफल गर्न लाग्नुभएको छ ।

छलफल बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा राखिएको छ । प्रधानमन्त्री आगामी सोमबारदेखि २१ गतेसम्म चीन भ्रमणमा जाँदै हुनुहुन्छ । 

भ्रमणअघि नेपाली काँग्रेसले बिआरआई परियोजनाहरुलाई अघि बढाउने सम्बन्धमा फरक धारणा राखेको छ । प्रधानमन्त्री ओली र काँग्रेस सभापतिसँगै दुबै दलका नेताहरुबीच बिआरआई समझदारीलाई सम्झौताको रुपमा अघि बढाउन आवश्यक छलफल र गृहकार्य गरिरहेको बताइन्छ ।

काँग्रेसले अनुदानबाहेक ऋण परियोजना स्वीकार गर्न नसकिने धारणा सार्वजनिक रुपमा राखेपछि एमाले नेताहरुले पनि सोहीबमोजिमको आशय राख्न थालेको पाइन्छ ।

टिप्पणीहरू