संसदीय समितिको जम्बो टोली विदेश भ्रमणमा

संसदीय समितिको जम्बो टोली विदेश भ्रमणमा

प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाको नेतृत्वमा एक दर्जन सांसद भुटान भ्रमणमा गएका छन् । 

आज बिहान साढे १० बजे डुक एयरलाइन्सको उडान नम्बर केबी ४०१ बाट १५ जनाको जम्बो टोली भुटान प्रस्थान गरेको हो । टोलीमा समिति सदस्य अनिशा नेपाली, अमृतलाल राजवंशी, चन्दा चौधरी, दिक्पालकुमार शाही, भानुभक्त जोही, मिना तामाङ, बिजुला रामयमाझी र वीरबहादुर बलायर छन् । 

त्यस्तै, सभापति थापाका स्वकीय सचिव भुपराज न्यौपाने, समितिका शाखा अधिकृत ठाकुरप्रसाद प्याकुरेल, वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत मनोज न्यौपाने, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बाट डा.बाबर खान, आभास पाण्डेय र रेखा खत्री पनि सहभागी छन् । 

भुटानको जैविक विविधता, वातावरण परिवर्तन, मानव र वन्यजन्तुबीचको द्धन्द्ध, राष्ट्रिय खुसी सूचकाङ्क, समितिको निर्णय कार्यान्वयनको अवस्थालगायत विषयको स्थगलत अवलोकनका लागि उनीहरु त्यता गएको जनाइएको छ । पाँच दिने भ्रमण सकेर टोली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

सो क्रममा भिआईपी कक्ष उपलब्ध गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अनुरोध पनि गरिएको छ ।
 

टिप्पणीहरू