प्रधानमन्त्रीविरुद्ध बोलेका दुर्गा प्रसाईंलाई अदालतमा उभ्याइयो

प्रधानमन्त्रीविरुद्ध बोलेका दुर्गा प्रसाईंलाई अदालतमा उभ्याइयो

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फिँजाएको आरोपमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले अस्ति बन्दीसहित उपस्थित गराउन आदेश गरेबमोजिम आज प्रसाईंलाई अदालतमा उभ्याइएको हो । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा इजलासले कारण देखाऊ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन भनेको थियो । 

प्रसाईंको आजै बयान गराइने र सुनुवाइ भई रिहा गर्नेबारे आदेश हुनसक्ने सम्भावना छ ।

प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईं सिंहदरबार प्रहरी वृतको हिरासतमा छन् । उनीमाथि विद्युतीय कारोबार, कागजात किर्ते र मानहानीकाे मुद्दामा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

टिप्पणीहरू