प्रधानमन्त्रीको प्रश्न : कसले भन्यो नेपालमा बिजोग छ भनेर ?
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रोजगारी नभएको हल्लामा कुनै सत्यता नभएको बताउनुभएको छ ।
सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर ट्रेड युनियन महासंघ (जिफन्ट) ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँको यस्तो भनाई आएको हो । प्रधानमन्त्री ओलीले नेपालमा उपयुक्त खालको आकर्षक रोजगारीको अवसर भने नभएको स्वीकार गर्नुभयो ।
नेपालमा रोजगारीको अवसर नभएर खान नपाउने खालको हाहाकार स्थिति भयो भन्नेकुरा साँचो होइन भन्दै उहाँले जनतालाई उपयुक्त खालको अवसरका लागि सरकारले सामाजिक सुरक्षाको व्यवस्थालाई अघि बढाएको जिकिर गर्नुभएको छ ।
‘नेपालमा जब अपरच्युनिटी छँदैछैन भन्ने होइन । उपयुक्त खालको भएन, आकर्षक खालको भएन । एउटा कुरा त्यो हो’, प्रम ओलीले भन्नुभयो, ’जब अपरच्युनिटी नपाएर नेपालमा खानै नपाउने हाहाकारको स्थिति भयो भन्ने होइन ।’
प्रधानमन्त्री ओलीले नेपालमा कल्पनै गर्न नसकिने खालका परिवर्तनहरु भएको दाबीसमेत गर्नुभयो ।
टिप्पणीहरू