लाजसरम नभएकाहरुले झूठको खेती गरेको प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रम फिँजाएर झूठको खेती गरिएको भन्दै चर्को असन्तुष्टि जनाउनुभएको छ । आफ्नो पार्टी नेतृत्वको सरकारले देश विकासको गतिलाई तीब्र गतिमा अघि बढाउँदासमेत लाजसरम नभएकाहरुले झूठको खेती गरेको उहाँको आरोप छ ।
२०७२ सालयता एमाले नेतृत्वको सरकारले सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाएको प्रधानमन्त्रीले दाबी गर्नुभयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘२०७२ सालभन्दा यताको अवधि भनेको तीब्र गतिका साथ देशलाई विकासको बाटोमा अगाडि बढाउन खोजिएको, सुशासन र समृद्धिको बाटोमा अघि बढाउन खोजिएको अवधि हो । तर, तपाईं हामी सबैलाई थाहा छ–कस्ता कस्ता शक्ति कति तिरबाट लागेका छन् । कति झूठको खेती गर्दछन् । कति बेइमानी कुराहरु फैल्याउँछन् । लाजसरम कति छोड्न सक्छन, त्याग्न सक्छन् । तर पनि हामी एउटा ठूलो रिभोलुसन गरिराखेका छौं ।’
प्रधानमन्त्री ओलीले २०५१ सालबाट एमालेले राष्ट्र निर्माणको अभियान सञ्चालन गरेको र अहिले समृद्धिको अभियानलाई तीब्रता दिएकोसमेत दाबी गर्नुभयो ।
टिप्पणीहरू