बालुवाटारमा निम्तो समारोह
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी २१औँ राष्ट्रिय ज्यापू दिवसको निम्तो दिइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष समारोहमा उहाँलाई परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) हस्तान्तरण गरिएको जनाइएको छ ।
निम्तो बोकेर सांसद कृृष्णगोपाल श्रेष्ठ, ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण महर्जनसहितको समूह नेवारी बाजागाजा प्रस्तुत गर्दै त्यहाँ गएको थियो । प्रधानमन्त्रीलाई निम्तोसँगै सगुन दिइएको छ ।
मंसिर ३० गते योमरी पुन्हे अर्थात् ज्यापु दिवसका दिन काठमाडौंको वसन्तपुरमा कार्यक्रम आयोजना गरिँदै छ ।
टिप्पणीहरू