अल्याङ्टल्याङले अब चल्दैन

अल्याङ्टल्याङले अब चल्दैन
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको घोषित लक्ष्य हासिल हुने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

आज अपरान्ह प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित मन्त्रालयको त्रैमासिक समीक्षा बैठकमा उहाँले निर्धारण गरिएका लक्ष्य प्राप्त हुनेगरी कामको गतिलाई तीब्रता दिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो । लक्ष्यअनुसार काम गर्न नसक्ने मन्त्रीलाई पद ओगटेर बस्ने काम गर्न नहुनेतर्फ पनि प्रधानमन्त्री ओलीले सचेत गराउनुभएको छ । 

‘मुख्यगरी सबै मन्त्रालयको एकीकृत प्रस्तुति थियो । प्रधानमन्त्रीले अन्तिममा निर्देशन दिनुभएको छ । अब अझ गतिका साथ तीन महिनाको यो समीक्षा पछि अब झन गतिका साथ अगाडि बढ्ने र हामीले मन्त्रालयका लिएका जे लक्ष्य छन्, त्यो लक्ष्य हासिल गर्ने गरी अगाडि बढनुपर्छ भनेर निर्देशन दिनुभयो’, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

साथै, प्रधानमन्त्री ओलीले अब अल्याङ्टल्याङ गर्ने समय नरहेकाले कुनै मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभए त्यसमा पनि समीक्षा हुने र कर्मचारीले उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

टिप्पणीहरू