कीर्तिपुरको चुनाव जनमत संग्रहजस्तै हो - राजेन्द्र पाण्डे

कीर्तिपुरको चुनाव जनमत संग्रहजस्तै हो - राजेन्द्र पाण्डे
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुर नगरपालिकाको उपचुनाव जनमत संग्रहसरह भएको बताएका छन् ।

आज कीर्तिपुरको नगाउँ चोकमा आयोजित माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै उनले कीर्तिपुरमा हुन लागेको उपनिर्वाचनलाई जनमत संग्रहको संज्ञा दिएका हुन् । दुई ठूला दल कांग्रेस र एमालेले भ्रष्टाचार र बेतिथीलाई छोप्न सरकार बनाएको तर  आफूहरुले भ्रष्टाचार र अव्यवस्थाका विरूद्ध मिलेर उम्मेदवारी दिएकाले कीर्तिपुरको चुनाव जनमत संग्रहजस्तै हुने पाण्डेको भनाई छ ।    

‘हामीलाई नेपाली जनताले हेर्दैछन् । आज नेपाली जनता कसको पक्षमा छन् भनेर हेर्दैछन्', उनले भने, 'यो चुनाव साच्चै भन्नुपर्दा अहिलेको अवस्थामा देशका लागि जनतम संग्रह नै हो । हसियाँ हथौंडा चिन्हमा भोट हाल्नुस् ।’

टिप्पणीहरू