रास्वपा कार्यकर्ताले आज पनि रविलाई देख्न पाएनन्

रास्वपा कार्यकर्ताले आज पनि रविलाई देख्न पाएनन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । 

हिजो साँझ काठमाडौँ ल्याइएका उनले जिल्ला सरकारी वकिलको कार्यालयमा ६ घण्टा बयान दिएका हुन् । भोलि शनिबार परेकाले बाँकी बयान पर्सि (आइतबार) हुने बताइएको छ । 

लामिछानेले सरकारी वकिलको कार्यालयमा बयान दिइरहँदा बाहिर भने रास्वपा कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । तर, प्रहरीले उनलाई कार्यालयकै अन्डरग्राउन्डबाट गाडीमा हालेर जिल्ला प्रहरी परिसरतर्फ लगेपछि कार्यकर्ताले देख्न पाएनन् । 

लामिछानेलाई हिजो पोखराबाट काठमाडौँ ल्याउँदा पनि रास्वपा कार्यकर्ताहरु एयरपोर्टमा भेला भएका थिए । तर, त्यहाँ पनि प्रहरीले डोमेस्टिक कक्षबाट गाडीमा हालेर लगेपछि कार्यकर्ताले अनुहार देख्न पाएका थिएनन् । 

कात्तिक २ गते पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेले कास्की र रुपन्देहीमा बयान दिइसकेका छन् । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पति शुद्धिकरणलगायतका मुद्धामा अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू