व्यस्तताका बाबजूद प्रधानमन्त्री पेकिङ युनिभर्सिटी पुग्दै

व्यस्तताका बाबजूद प्रधानमन्त्री पेकिङ युनिभर्सिटी पुग्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी सोमबारदेखि गर्न लाग्नुभएको चीन भ्रमणको कार्यक्रम लगभग तय भएको छ । सो क्रममा चीनका राष्ट्रपति सी जिनपिङ र राष्ट्रिय जन काँग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग उच्चस्तरीय भेटवार्ता गर्नुहुने छ ।

चीनका प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता र द्विपक्षीय वार्ताको कार्यक्रम तय भएको छ । मंगलबार र बुधबार दुई दिन बेइजिङ बसाईको क्रममा उहाँले पेकिङ विश्वविद्यालयमा विशेष सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री ओलीले सम्बोधनमा नेपाल–चीन सम्बन्ध, क्षेत्रीय सहकार्य र समसामयिक अन्तर्राष्ट्रिय मुद्दाबारे आफ्ना विचार प्रस्तुत गर्नुहुने अनुमान छ ।

उहाँ बेइजिङस्थित नेपाली दूतावासमा आयोजना गरिने विशेष कार्यक्रममा पनि पुग्नुहुने छ । त्यस्तै चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू