स्वर्णलक्ष्मी घोटालामा रवि लामिछानेमाथि बयान जारी

स्वर्णलक्ष्मी घोटालामा रवि लामिछानेमाथि बयान जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेको बयान जारी छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा अहिले बयान भैरहेको छ । 

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि बिहीबार पोखराबाट काठमाडौँ ल्याइएका लामिछानेको शुक्रबारदेखि बयान शुरु भएको थियो । बाँकी बयानका लागि उनलाई आज बिहानै सरकारी वकिल कार्यालय पुर्याइएको हो । 

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवन्ध निर्देशक लामिछानेमाथि पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा लगायतका सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले कास्की र रुपन्देहीमा बयान दिइसकेका छन् । 

गोर्खा मिडियाका अध्यक्ष जिबी राई र लामिछानेले गाडी खरिदका लागि स्वर्णलक्ष्मी सहकारीबाट ४६ लाख कम्पनीको नाममा गैरकानुनी ढंगले ऋण लिएको अनुसन्धानबाट खुलेको छ । काठमाडौँमा बयान सकिएपछि लामिछानेलाई पुनः पोखरा पठाउने प्रहरीको तयारी छ ।

टिप्पणीहरू