राष्ट्रपतिको अपरेसन सकियो, अवस्था सामान्य
राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सकिएको छ । उहाँको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको बताइएकोछ ।
अस्पतालका निमित्त कार्यकारी निर्देश प्रा.डा. घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा अपरेसनपछि उहाँको अवस्था सामान्य रहेको जनाइएको छ । राष्ट्रपति पौडेल आज बिहान सबेरै अस्पताल भर्ना हुनुभएको थियो ।
टिप्पणीहरू