काठमाडौंको आकाशमा आधा घण्टा उडान प्रतिबन्ध

काठमाडौंको आकाशमा आधा घण्टा उडान प्रतिबन्ध
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरेर स्वदेश आइपुग्नुभएको छ । चीनको चार दिने औपचारिक भ्रमण सकाएर उहाँ आज दिउँसो आउनुभएको हो । प्रधानमन्त्री सवार हिमालय एयरलाइन्सको विशेष विमान अवतरण गर्नुभन्दा आधा घण्टा अघिदेखि  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेको समयमा अन्य उडान तथा अवतरणमा रोक लगाइएको थियो । 

चिनियाँ प्रधानमन्त्री लि छ्याङको औपचारिक निमन्त्रणमा ८७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सो क्रममा नेपाल–चीनबीच बिआरआई फ्रेमवर्कसहित १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

गत सोमबार त्यता जानुभएका प्रधानमन्त्री ओलीलाई त्यहाँ पुग्दा स्वागत र आज फर्किंदा बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङ र उच्च पदस्थ चिनियाँ अधिकारीहरुले बिदाइ गर्नुभएको थियो ।

तस्बिरहरु 

टिप्पणीहरू