सास्ती छ हजुर सशस्त्रलाई

सास्ती छ हजुर सशस्त्रलाई

फौजको सैद्धान्तिक संरचना त्रिभुजाकार हुनुपर्नेमा सशस्त्र प्रहरीतिर भने उल्टो बनाउने छेकछन्द देखिएको छ । सिपाही र जेसिओलगायतको संख्या बृद्धि गर्नुपर्नेमा एआइजीलगायत अधिकृत मात्रै थप्ने प्रयास जारी छ । डिआइजी किशोर प्रधानले चारवर्षे पदावधिमा एक वर्ष थप्ने प्रावधानअनुसार पाँचवर्ष खाइरहेका छन् । यसअघि प्रवीण श्रेष्ठको चारवर्षे कार्यकाल थपिएको थिएन । यसै कारण आइजिपी बन्ने सम्भावना हुँदाहुँदै उनले चारवर्षे पदावधिका कारण घर जानुपरेको थियो ।

यदि संगठनको सिफारिसलाई सदर गरिएको भए अहिलेका आइजिपी राजु अर्यालको बदलामा उनी ०८२ सालसम्म हल्चोकमै हुन्थे । प्रधानका निम्ति दरबन्दी थप्ने हो भने ३७ हजार फौज रहेको सशस्त्र प्रहरीको संरचना पनि फेर्नुपर्ने हुन्छ । एउटा एआइजीको दरबन्दी थप्दा कम्तीमा २ वटा बाहिनी बराबरको फौज आवश्यक हुन्छ । अर्थात् कम्तीमा पनि ५ हजार फौज थप्नुपर्ने हुन्छ । संरचनाअनुसार एक एआइजीलाई तीन डिआइजी र हरेक डिआइजीलाई तीन जनाको दरले एसएसपी थप्नुपर्ने हुन्छ । तीन एसएसपीको कमाण्डअन्तर्गत तीन तीन वटा गण र गणपति (एसपी) को संरचनासहित तीन–तीन कम्पनी खडा गर्नुपर्ने हुन्छ । एउटा कम्पनीभित्र तीन सेक्सन हुन्छ ।

चारवर्षे पदावधिको कारण घरजीवी हुन पुगेका प्रवीण श्रेष्ठले ०५२ सालको वैकल्पिक टोलीबाट सशस्त्रमा सेवा शुरु गरेका थिए । नेपाल प्रहरीतर्फ करिब ६ सय जनाले दसैं पेश्की लिएपछि जागिर छोडेका भए पनि सशस्त्रतिर तल्लो दर्जाको हकमा १६ वर्षे सेवा अवधि कायम गर्ने हल्ला चलेसँगै बीचैमा राजीनामा दिनेको संख्यामा कमी आएको छ । माथिल्लो तहका एकलटले जागिर छोडेका छन् जसमा एसपी योगेश बराल पनि पर्दछन् ।

उनी राजश्व चुहावट नियन्त्रण अनुसन्धान इकाइमा थिए । उनले जागिर छोडे पनि तीन किलो सुन दम्पच गरेको हल्ला चलाइएको छ । उमेर ढाँटेका एसपी वीरसिंह साहुले पनि जागिर छाड्दा नक्कली शैक्षिक योग्यताको आरोप लागेका एसपी होमनाथ पन्थीसमेत घर गएका छन् ।

– रञ्जन पोखरेल
 

टिप्पणीहरू