गढीमाईमा पशु बली (फोटो फिचर)

गढीमाईमा पशु बली (फोटो फिचर)
सुन्नुहोस्

बाराको महागढीमाई नगरपालिकाको बरियारपुर गाउँस्थित गढीमाई मन्दिरमा लागेको विश्वप्रसिद्ध पञ्चवर्षीय मेलाको दोस्रो दिन आज पशु बली दिइएको छ । बिहानैदेखि शुरु भएको पशु बली जारी छ । बोकाको बली चढाउन मन्दिरमा भक्तजनको घुइँचो देखिन्छ ।  

एक महिनासम्म लाग्ने यो मेला हिजोदेखि शुरु भएको हो । मुलुककै ठूलो मेलामध्ये एक यस मेलामा सहभागी हुन अन्य मुलुकबाट दर्शनार्थी आउने गर्दछन् । रंगीचंगी सजावट, विभिन्न कलात्मक प्रदर्शनी, खेललगायत मनोरञ्जनात्मक क्रियाकलापले मेलाको रौनक बढाएको छ । 

मेलाको मूल व्यवस्थापन समितिको आग्रहमा जिल्लाका अधिकांश विद्यालय गत शुक्रबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ । मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

तस्बिरहरु

टिप्पणीहरू