रविलाई सातौं पटक पाँच दिनको म्याद

रविलाई सातौं पटक पाँच दिनको म्याद
सुन्नुहोस्

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राखिने भएको छ । सातौँ पटक म्याद थपको लागि आज उनलाई कास्की जिल्ला अदालत लगिएकोमा न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

लामिछानेसँगै उनका तत्कालीन व्यावसायिक साझेदार पूर्व डिआईजी छविलाल जोशी, जिबी राई निकटस्थ लिला पछाई र नेचर हब्र्सका रामबहादुर खनाललाई पनि पाँच दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । 

उनीहरुमाथि पोखराको सूर्यदर्शन, सुपन्देहीको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारीको रकम अपचलन गरेको आरोप छ ।

पाँचै जिल्लामा बयान दिइसकेका लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको बताइन्छ । सूर्य दर्शन सहकारीको ठगी प्रकरणमा लामिछानेसहित ४० जना विरुद्ध मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ । त्यस्तै, संगठित अपराधको मुख्य योजनाकारको रुपमा रवि, छवि, जिबी राई र कुमार रम्तेल रहेको निष्कर्षसहितको प्रतिवेदन पनि प्रहरीले तयार पारेको स्रोतको भनाई छ ।

टिप्पणीहरू