एमाले सांसदकी पत्नी सहकारी प्रकरणमा संलग्न

एमाले सांसदकी पत्नी सहकारी प्रकरणमा संलग्न

एमाले सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जना कोइरालासहित २६ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।  उमा गौरी कृषि सहकारीको रकम अपचलन प्रकरणमा अञ्जनासहित सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पनि प्रतिवादी बनाएको छ । 

सहकारी सञ्चालक समितिकी सदस्य रहेकी अञ्जनाकै योजनमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट झण्डै साढे ११ करोड ऋण लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाइसकेको छ । सहकारीको रकम हिनामिनामा सहकारीकै उपाध्यक्ष लक्ष्मण शाह, सचिव अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सदस्यहरु आमोद मण्डल, जितमान ठाकुरको पनि संग्लनता रहेको सरकारी वकीलको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । 

सहकारीमा समस्या देखिन थालेपछि अञ्जनाले २०७८ मा राजीनामा दिएकी थिइन् । तर सहकारी रकम हिनामिनामा आफ्नो कुनै संग्लनता नरहेको दावी गर्दै आएकी छन् । सभापति पोखरेलले पनि आफ्नो श्रीमतीलाई जोगाउन सहकारी प्रकरणको सम्पूर्ण दोष अध्यक्ष रौनियारमाथि लगाउँदै आएका छन् । 

सभापति पोखरेल पत्नीको उक्त विषयले यसअघि संसदमासमेत प्रवेश पाएको थियो ।
 

टिप्पणीहरू