छविलाई अस्पताल लगियो, रविका डाक्टरलाई बोलाइयो

छविलाई अस्पताल लगियो, रविका डाक्टरलाई बोलाइयो

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडिआईजी छविलाल जोशीलाई अस्पताल भर्ना गरिएको छ । उनलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छाति दुःखेको भनेपछी चिकित्सकको सुझावमा अस्पताल भर्ना गरिएको हो । हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको यसबीचमा दुई पटक स्वास्थ्य परीक्षण गरिएको छ । 

प्रहरीका अनुसार वीरगञ्जबाट ल्याएको दिनमा उनलाई पोखरामा अस्पताल पुर्याएर स्वास्थ्य जाँच गरिएको थियो । त्यसपछि हिरासतमा नै पनि हिजो डाक्टरले जाँचेका थिए ।
 

टिप्पणीहरू